कुमारी बैंकको लाभांश साधारणसभाबाट पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकको लाभांश साधारणसभाबाट पारित



कुमारी बैंकको २२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा सोमबार कम्पनीको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको हो । बैंकको सभाले गत आर्थिक वर्ष २०७८/७९ का लागि प्रस्तावित १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर प्रक्रियामा रहेको छ । सोही मर्जर प्रयोजनका लागि असोज ११ गतेदेखि बैंकको सेयर कारोबार भने रोक्का रहेको छ । सभाले गत आर्थिक वर्ष २०७८/ ७९ सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायत एजेन्डा पारित गरेको छ ।

असोज १० गतेसम्म कारोबार भई नियमानुसार सेयर रजिष्ट्रारको कार्यालयमा प्राप्त सेयर नामसारीको लिखतको आधारमा कात्तिक १४ गतेसम्म सेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरूले नगद लाभांश पाउनेछन् ।

प्रकाशित : २२ कार्तिक २०७९, मंगलवार ११:०७