कुमारी बैंकका सीईओले कति पाउछन् तलब सुविधा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कुमारी बैंकका सीईओले कति पाउछन् तलब सुविधा



काठमाडौं । कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)ले गत आर्थिक वर्ष २०७८/०७९ मा जम्मा ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्ता बुझेका छन् । २०७८ माघ २४ गतेसम्म अनुजमणि तिमिल्सिना कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका थिए । त्यसपछि भने रामचन्द्र खनाल सीईओका रुपमा कार्यरत छन् ।

बैंकका अनुसार उक्त समयमा सीईओले जम्मा ३ करोड ९९ लाख १५ हजार ५६७ रुपैयाँ तलब भत्ता बझेका छन । जसमा बैंकले तलब बापत ९५ लाख ४८ हजार १८८ रुपैयाँ, भत्ता बापत १६ लाख ८७ हजार ७११, संचय कोषमा ९ लाख ५४ हजार ८१८ रुपैयाँ, दशैं भत्ता बापत १० लाख ६५ हजार ६८०, बिदाबापत ४० लाख ६३ हजार ७३६, उपदानबापत २ लाख ४३ हजार ३६२, बोनस बापत ३९ लाख ९२ हजार ४८१ र अन्य शिर्षकमा १ करोड ८३ लाख ५९ हजार ५८८ रुपैयाँ दिएको छ ।

त्यसैगरी, बैंकका व्यवस्थापकले जम्मा ४ करोड ५४ लाख ३८ हजार रुपैयाँ तलब बुझेका छन् । जसमा तलब बापत १ करोड १४ लाख ७६ हजार ६९४ रुपैयाँ, भत्ता बापत ३५ लाख ३९ हजार ३५३, संचयकोष बापत ११ लाख ४७ हजार ६६९ रुपैयाँ, गाडी मर्मतका लागि ५६ लाख २७ हजार १८ रुपैयाँ, औषधी उपचारबापत ७ लाख २७ हजार ७८३ रुपैयाँ, दशैं भत्ता बापत १४ लाख ३४ हजार ९८६ रुपैयाँ, बिदाका लागि २८ लाख ४५ हजार ३२१ रुपैयाँ दिएको छ ।

साथै, उपदान बापत २६ लाख ५७ हजार ३४४ रुपैयाँ, कर्मचारी बोनस बापत ५० लाख ९८ हजार ७७३ रुपैयाँ र अन्य शिर्षकमा व्यवस्थापकहरुलाई बैंकले १ करोड ८ लाख ८३ हजार ५९ रुपैयाँ खर्च गरेको छ ।

बैंकले सम्पूर्ण स्थायी पदाधिकारीहरुलाई बैंकको मानव संशाधन नीति अनुसार सवारी साधन खरिद, घर जग्गा खरिद कर्जा तथा व्यक्तिगत कर्जा दिएको छ भने बैंकको मानव संशाधन नीति अनुसार मोवाईल फोन सुविधाको पनि व्यवस्था गरेको छ ।

प्रकाशित : २० कार्तिक २०७९, आईतवार १७:४२