राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राजश्व आम्दानी र विकास खर्च न्यून, चालू खर्च अधिक



काठमाडाैं । आर्थिक वर्षाको साढे तीन महिना बितिसक्दासमेत सरकारले चालू खर्च धान्न सक्ने गरी राजश्व उठाउन सकेको छैन । चालू आर्थिक वर्षको पहिलो त्रैमासिक पूरा भएर १८ दिन नाघिसक्दा पनि सरकारले राजश्व लयमा ल्याउन नसकेको हो । सरकारले १८ कात्तिक शुक्रबारसम्म २ खर्ब २८ अर्ब २ करोड २९ लाखमात्र राजश्व उठाउन सकेको छ । यो अवधिमा ३ खर्ब ९ अर्ब ३८ लाख ५६ हजार रुपिया खर्च भइसकेको छ ।

आन्तरिक महालेखा परीक्षक कार्यालयका अनुसार हालसम्म गरेको कुल आम्दानी २ खर्ब ५४ अर्ब ७८ करोड ५२ लाख छ । यो भनेको खर्चको तुलनामा ५४ अर्ब ६० करोड ४ लाखले कम हो । यो खबर आजको राजधानी दैनिकमा प्रकाशित छ ।

प्रकाशित : 6 November, 2022 7:58 am