तरलताको अभाव छैनः श्रेष्ठ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

तरलताको अभाव छैनः श्रेष्ठ



काठमाडाैं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले अहिले तरलता अभाव नभाई लगानी योग्य रकमको अभाव भएको बताएका छन् । उनले विश्व अर्थतन्त्रमा परेको प्रभाव, कोरोना महामारी लगायतका घटनाले तरलता अभाव महशुस भएको बताए । तराई विकास तथा सञ्चार केन्द्रले नेपालको वर्तमान आर्थिक अवस्था र सुधारका निम्ति सञ्चारकर्मीले खेल्नुपर्ने भूमिका विषयक कार्यक्रम बोल्दै उनले विदेशी विनिमय सञ्चिती नबढ्दासम्म बैंकिङ तरलता अभावको समस्या समाधान नहुने र तत्काल ब्याजदर समेत नघट्ने बताए ।

‘विदेशी विनिमय सञ्चिती सुधार भएर नबढुन्जेलसम्म बैंकिङ तरलतामा हिजोको जस्तो सहजता नहुने स्थिति लम्बिन्छ र ब्याजदरमा चाप पर्ने स्थिति रहन्छ,’उनले भने, ‘त्यसैले केही समय अझै ब्याजदरमा चाप पर्ने देखिन्छ ।’

ब्याजदर बढ्दा आर्थिक गतिविधिमा चाप पर्ने बताउँदै समस्या समाधानको अन्तिम विकल्प भनेको आन्तिरिक उत्पादनमा जोड दिनु पर्ने उनको भनाइ छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार १७:२०