प्रभु बैंकका ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका आकर्षक छुट पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकका ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका आकर्षक छुट पाउने



काठमाडौं । प्रभु बैंक लिमिटेड र मुस्ताङ स्थित होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट जोम्सोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका तर्फबाट प्रोप्राइट योगेश शेरचनद्घारा उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

प्रभु बैंक र उक्त होटल बिच सम्पन्न सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले होटल मुस्ताङ ताज एण्ड थकाली किचेनद्धारा सञ्चालित फुड, वेभरेज र लजिङ्ग सेवामा १० प्रतिशत छुट प्राप्त हुने भएको छ ।

उक्त सम्झौता अन्तर्गत होटल मुस्ताङ ताज एण्ड थकाली किचेनमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकहरुले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल मुस्ताङ ताज एण्ड थकाली किचेनका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाईएको छ । यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहकहरु लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : १७ कार्तिक २०७९, बिहीबार १२:०१