स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

स्ट्यान्डर्ड चार्टर्ड बैंकको लाभांश घोषणा



काठमाडाैं । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७८-७९ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आज बिहान १० बजे बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

बैंकले सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको १६.५१ प्रतिशत नगद लाभांश (करबाहेक) वितरण गर्ने प्रस्ताव गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १४:१८