गुडविल फाइनान्सको नाफा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

गुडविल फाइनान्सको नाफा घट्यो



काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म गुडवील फाइनान्स लिमिटेडले रू. ३ करोड ८४ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत वर्षको पहिलो त्रैमाससम्मको तुलनामा यो त्रैमाससम्म कम्पनीको खुद नाफा ४६ प्रतिशत कम भएको हो । गत वर्ष यस अवधिसम्म कम्पनीले रू. ७ करोड ११ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

यस वर्ष इम्पेरमेन्ट चार्ज १७० दशमलव ७८ प्रतिशत बढ्दा कम्पनीको सञ्चालन नाफा ४४ दशमलव ३६ प्रतिशत घट्न गई खुद नाफामा असर परेको हो । गत वर्ष रू. १ करोड ७३ लाखभन्दा बढी रहेको इम्पेरमेन्ट चार्ज यस वर्ष रू. ४ करोड ७० लाखभन्दा बढी रहेको हो ।

हाल कम्पनीको चुक्तापूँजी रू. ९४ करोड ६१ लाख १५ हजार छ । शेयर प्रिमियममा रू. २४ लाखभन्दा बढी र रिटेन्ड अर्निग रू. ११ करोड ८९ लाखभन्दा बढी छ । कम्पनीको जगेडा कोष रकम भने रू. ५ करोड २० लाखभन्दा बढी छ ।

कम्पनीले रू. ११ अर्ब २७ करोडभन्दा बढी निक्षेप संकलन गरेको छ भने रू. ८ अर्ब ८० करोडभन्दा बढी कर्जा प्रवाह गरेको छ । यस वर्ष कम्पनीको निष्क्रिय कर्जा घटेर २ दशमलव १५ प्रतिशतमा झरेको छ । गत वर्ष निष्क्रिय कर्जा ३ दशमलव ४० प्रतिशत थियो । वार्षिक प्रतिशेयर आम्दानी रू. १६ दशमलव २४ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६७ दशमलव ८३ रहेको छ ।

प्रकाशित : १४ कार्तिक २०७९, सोमबार १२:१२