इन्फिनिटी लघुवित्तको स्वतन्त्र सञ्चालकमा जोशी नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्फिनिटी लघुवित्तको स्वतन्त्र सञ्चालकमा जोशी नियुक्त



काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा महेश्वरप्रसाद जोशी नियुक्त भएका छन् । कम्पनीको गत शुक्रवार बसेको सञ्चालक समिति बैठकले स्वतन्त्र सञ्चालकमा जोशीलाई नियुक्त गरेको हो ।

साथै स्वतन्त्र सञ्चालक नरसिंह रायमाझीको चार वर्षको पदावधि गत शुक्रवार सकिएको कम्पनीले जनाएको छ ।

नवनियुक्त स्वतन्त्र सञ्चालकलाई संस्थाका अध्यक्ष बलराम विष्टले आइतबार पद तथा गोपनीयताको सपथ गराए । सपथ ग्रहण कार्यक्रममा संस्थाका अध्यक्ष, सञ्चालक, संस्थापकहरुबाट स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित : ६ कार्तिक २०७९, आईतवार १६:०६