शिखर इन्स्योरेन्सलाई उत्कृष्ट बीमा कम्पनीको पुरस्कार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शिखर इन्स्योरेन्सलाई उत्कृष्ट बीमा कम्पनीको पुरस्कार



काठमाडाैं । शिखर इन्स्योरेन्सले नेपाल सरकारबाट उत्कृष्ट बीमा कम्पनीको पुरस्कार पाएको छ । ४२ औं विश्व खाद्य दिवसको अवसरमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आयोजना गरेको कार्यक्रममा कम्पनीले उक्त पुरस्कार पाएको हो।

“उत्पादन, पोषण र वातावरणमा सुधार : सुखी जीवनको आधार” भन्ने नारा सहित मनाइएको ४२ औं विश्व खाद्य दिवसको उपलक्ष्यमा कृषि बीमा र दाबी फछौंट गर्ने बीमा कम्पनी राष्ट्रिय स्तरमा उत्कृष्ट स्थान हासिल गरेकोले शिखरलाई पुरस्कार प्रदान गरिएको मन्त्रालयले जनाएको छ। उक्त पुरस्कारको राशी १० हजार रुपैयाँ रहेको छ।

प्रकाशित : ३ कार्तिक २०७९, बिहीबार ११:५१