कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत रहने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कात्तिक महिनामा निक्षेपको ब्याजदर यथावत रहने



काठमाडौं । कात्तिक महिनामा पनि बाणिज्य बैंकहरुले असोजकै ब्याजदरलाई निरन्तरता दिने भएका छन्। कात्तिक महिनाको लागि प्रकाशित नयाँ ब्याजदर सूचना अनुसार बैंकहरुले असोजको ब्याजदरलाई नै निरन्तरता दिने भएका हुन् ।

अहिले बैंकहरुले निक्षेपमा व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत र संस्थागततर्फ करिब ९.१३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका छन् । यस्तै, बैंकहरुले रेमिट्यान्स मुद्दति खातामा १५ प्रतिशतसम्म ब्याजदर तोेकेका छन् । साधारण बचत खातामा भने बैंकहरुले १०.३३३ प्रतिशत ब्याजदर तोकेका छन् ।

प्रकाशित : ३१ आश्विन २०७९, सोमबार १०:५९