एनसीसी बैंकले लाभांश दिने घोषणा, कति दिने भयो नगद र बोनस ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनसीसी बैंकले लाभांश दिने घोषणा, कति दिने भयो नगद र बोनस ?



काठमाडौं । नेपाल क्रेटिड एण्ड कमर्स (एनसीसी) बैंकले आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको असोज २९ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले ३.३६प्रतिशत बोनस शेयर र ७.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीले आव २०७७/७८सम्मको मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण कर प्रयोजनको लागि वितरण गरेको थियो ।

प्रकाशित : ३० आश्विन २०७९, आईतवार १३:१४