महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंकद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम सम्पन्न



काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न गरेको छ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै अगाडी बढेको बैंकले विभिन्न शाखाहरु मार्फत सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु सम्पन्न गरेको हो ।

विगत २८ वर्षदेखि नेपाली जनताको घरदैलोमा गुणस्तरिय वित्तीय सेवा प्रवाह गर्दै आएको बैंकले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम सम्पन्न गरेको छ । यस बैंकको कमाने शाखाद्वारा मकवानपुर जिल्लाको पुरानो अस्पताल, हेटौंडा अस्पताललाई कुर्सी हस्तान्तरण गरिएको छ । हेटौंडा अस्पतालको नवनिर्मित भवनमा सेवा लिन आउने बिरामीहरुलाई सहजताहोस् भन्ने उद्देश्यले बैंकले उक्त कुर्सी प्रदान गरेको जनाएको छ ।

साथै बैंकको आँबुखैरेनीशाखाले आँबुखैरेनी– ६ मा अवस्थित आँबुखैरेनी क्याम्पसलाई पङ्खा हस्तान्तरण गरेको छ । क्याम्पसको प्राङ्गणमा आयोजित एक विशेष कार्यक्रमका बिच बैंकले त्यहाँ अध्ययनरत विद्यार्थीहरुको पठन पाठन वातावरणमा सहजताका लागि १५ थान पङ्खा हस्तान्तरण गरेको हो ।

त्यसैगरि बैंकको नारायणगढ शाखाद्वारा भरतपुर महानगरपालिका वडा नं २ आँपटारी, मिलनटोलमा अवस्थित शिवालय मन्दिरलाई कुर्सी हस्तान्तरण गरेको छ । मन्दिरमा दर्शन गर्न आउने दर्शनार्थीहरु र मन्दिर परिसरमा बिहान, दिउँसो र साँझमा घुम्न आउने जेष्ठ नागरिकहरुलाई आराम गर्न सहयोग होस् भन्ने हेतुले बैंकले उक्त कुर्सीहरु मिलन टोल विकास संस्थालाई प्रदान गरेको हो ।

त्यस्तै बैंकको मैतिदेवी शाखाले काठमाडौं महानगरपालिका वडा नं ३० मा अवस्थित मैतिदेवी मन्दिरलाई सीसी क्यामेरा जडान गरिदिएको छ । मन्दिर दर्शन गर्न आउने दर्शनार्थीहरु साथै मन्दिर परिसरको सुरक्षाका निम्ति बैंकले मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिसँग समन्वय गरी २ थान सीसी क्यामेरा जडान गरिदिएको हो । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरु गर्दै जाने बताएको छ ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार १५:२४