सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु, ४६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु, ४६ अर्ब रुपैयाँ लागत लाग्ने अनुमान



काठमाडौं । सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङ खन्न सुरु भएको छ । आयोजना शिलान्यास भएको दुई वर्षपछि उक्त सुरुङ खन्न सुरु भएको हो । सुरुङ निर्माण अबको दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य छ ।

आयोजना सम्पन्न गर्न ४६ अर्ब रुपैयाँ लागत अनुमान छ । ऊर्जा जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले टनेल बोरिङ मेसिन (टीबीएम) मार्फत सुरुङ खन्ने कार्यको सोमबार आयोजना स्थल सिन्धुली पुगेर उद्घाटन गरेकि थिईन ।

तराईका महोत्तरी, सर्लाही, धनुषा, रौतहट र बाराको १ लाख २२ हजार हेक्टर खेतीयोग्य जमिनमा वर्षैभर सिँचाइ सुविधा पुर्याउने र ३१.०७ मेगावाट विद्युत उत्पादन समेत गर्ने उद्देश्यले राष्ट्रिय गौरबको सो आयोजना निर्माण गर्न लागिएको हो ।

अमेरिकी कम्पनी रोबिन्सले बनाएको टिबीएम प्रयोग गरि सिन्धुलीको कुसुमटारबाट १३.३ किलोमिटर लामो सुरुङ खन्न लागिएको छ । सुनकोसीको पानी प्रतिसेकेन्ट २४ क्युविक मिटर पानी सो सुरुङबाट खुर्कोटसम्म पु–याइदैछ ।

चाइना ओभरसिज इन्जिनियरिङ ग्रप अफ कम्पनी लिमिटेडले सुरुङ निर्माणको ठेक्का पाएको छ । अयोजनाको साइट विकास पश्चात सुरुङ खन्ने काम सूरु भए पनि बाँध को छुट्टै ठेक्कालागि मन्त्रालयले प्रक्रिया जारी राखेको छ ।

यो आयोजनाको बाँध, सुरुङ, विद्युतगृह र प्रसारण लाइनलगायत सम्पूर्ण संरचना निर्माण गरी ५ वर्ष भित्र अयोजना सञ्चालनमा ल्याउने कार्यतालिका बनाईएको छ । आयोजनाको डिजाइन अनुसार सुनकोसी नदीको पानी मरिन हुँदै बागमतीमा पु–याउने र बागमती सिँचाइ आयोजनाको ब्यारेजमार्फत तराईको खेती योग्य भूमिमा सिँचाइ पुराउन आयोजना बनाउन लागिएको हो ।

तामाकोसी र सुनकोसीको दोभान भन्दा करिव ७ सय मिटर तल बाँध बाँधेर सुनकोसीको पानी सुरुङमार्फत मरिनमा खसालिनेछ । मरिनको पानी बागमतीमा पुग्ने छ मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिंचाइ नहरमा लगिनेछ । मरिनमा पानी खसाल्ने क्रममा विद्युत गृह पनि बनाएर बिजुली उत्पादन गर्ने सरकारको योजना छ ।

प्रकाशित : २८ आश्विन २०७९, शुक्रबार १३:४७