एकसातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एकसातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घट्यो



काठमाडौं। एक सातामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ। नेपाल बैंकर्स संघको तथ्यांकअनुसार असोज १५ गतेदेखि असोज २१ गतेसम्म बाणिज्य बैंकहरुको निक्षेप ८ अर्ब रुपैयाँले घटेको हो।

गत असोज १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब १९ अर्ब रुपैयाँ रहेकोमा असोज २१ गतेसम्म घटेर ४५ खर्ब ११ अर्ब रुपैयाँमा झरेको छ।

यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा लगानी पनि ४ अर्ब रुपैयाँले घटेको छ। गत असोज १४ गतेसम्म कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा असोज २१ गतेसम्म घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा झरेको छ।

असोज २१ गतेसम्म वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८७.२५ प्रतिशत रहेको छ।

प्रकाशित : 12 October, 2022 6:57 pm