तपाईले प्रयोग गरेको चार्जर नक्कली की सक्कली ? यसरी गर्नुहोस पहिचान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

तपाईले प्रयोग गरेको चार्जर नक्कली की सक्कली ? यसरी गर्नुहोस पहिचान



स्मार्टफोनको बढ्दो प्रयोगले अहिले बजारमा फोनको एसेसरिजहरु चार्जर, हेडफोनको बिक्री दिन प्रतिदिन बढ्दै गएको छ। तर हामी केही साधारण सूचनाकै भरमा स्मार्टफोनको चार्जर र अन्य एसेसरिज किनिरहेका हुन्छौँ ।  हामी धेरैजसो नक्कली चार्जरका कारण ठगिइरहेको चाल समेत पाउँदैनौं । जब किनेर प्रयोमा ल्याउँछौं, त्यो बेला चार्जरसँगै मोबाइल पनि बिग्रँदा पछुताइरहेका हुन्छौँ। तपाईं हामीले साना कुरामा ध्यान सक्यौं भने नक्कली चार्जरबाट ठगिनबाट जोगिन सक्छौं ।चार्जर किन्दा यी कुरामा ध्यान दिनुहोस् ।

१.चार्जरको पिन चेक गर्नुस् यदि तपाईँ चार्जर किन्दै हुनुहुन्छ भने सबैभन्दा पहिला चार्जरको पिन चेक गर्नुस्। नक्कली चार्जरमा पिन तलदेखि माथिसम्म एकैनासको हुन्छ । तर सक्कली चार्जरमा तलको पिन केही बाक्लो हुन्छ। यसबाट तपाईले सक्कली र नक्कली चार्जर छुट्टयाउन सक्नुहुन्छ।

२. केबलबाटै सक्कली र नक्कली चार्जको पहिचान कतिपय अवस्थामा यूएसबी चार्जर केबल नक्कली भएको पाइएको छ। तर चार्जर भने सक्कली नै हुन्छ । नक्कली चार्जरमा पोर्टको रंग थोरै कालो हुन्छ । साथै यो सक्कलीभन्दा धेरै लामो पनि हुन्छ ।

३. चार्जरमा बनाइएको प्रिन्ट यदि चार्जरमा ‘मेड इन चाइना’ लेखेको भए त्यसलाई पुरै नक्कली चार्जरकारुपमा बुझे हुन्छ। यसका साथै उक्त चार्जरमा यदि A‌+ बनाइएको छ भने बुझ्नुस की त्यो शतप्रतिशत नक्कनली हो ।

४. लोगो हेर्नुस्चार्जरमा बानइएको लोगोमा तपाईँ नजिकबाट ध्यान दिनुस्। नक्कली र सक्कली चार्जरमा सबैभन्दा फरक लोगोमा हुन्छ। र, त्यहीबाट नक्कली चार्जरको पहिचान गर्न सकिन्छ। नक्कली चार्जरमा लोगोको ब्रान्डको स्पेलिङ र मार्कमा फरक हुन्छ।

५.नक्कली चार्जर धेरै चाँडो तात्छ नक्कली चार्जरलाई पटक पटक चार्जिङको लागि प्रयोग गरेमा यो आफैँ तातिन थाल्छ। तर, सक्कली चार्जरमा यस्तो समस्या बिरलै आउँछ। एजेन्सी

प्रकाशित : ११ पुष २०७३, सोमबार ०३:०८