आइसिटी अवार्ड २०२२ मा नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेश स्कुलको सहकार्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

आइसिटी अवार्ड २०२२ मा नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेश स्कुलको सहकार्य



काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्ड कार्यक्रम ‘आइसिटी अवार्ड’को सातौं संस्करणका लागि नलेज पार्टनरको रुपमा प्रेसिडेन्सियल विजनेस स्कुल आवद्ध भएको छ । कलेज गत २ वर्षदेखि नै यस अभियानमा सहकार्य गर्दै आइरहेको छ ।

सोमबार प्रेसिडेन्सियल विजनेस स्कुलका कार्यकारी अध्यक्ष लक्ष्मण केसी र आइसिटी अवार्डका संयोजक राजन लम्सालबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । आइसिटी अवार्ड २०२२ को ‘नलेज पार्टनर’को रुपमा अवार्डमा सहभागी स्टार्टअप, इन्नोभेटरहरुलाई विशेष कार्यक्रम समेत सञ्चालन गर्ने जनाएको छ ।

अमेरिकन विजनेश डिग्री सञ्चालन गरिरहेको प्रेसिडेन्सियल विजनेश स्कुलले केहिवर्षदेखि आइटी शैक्षिक कार्यक्रम अन्तगर्त बिएस्सी आइटी, एमएस्सी आइटी र एमबिए आइटीका कोर्सहरु सञ्चालन गरिरहेको छ । यसैगरी एक दशकभन्दा बढि समयदेखि विजनेश शैक्षिक कार्यक्रम अन्तर्गत बिबिए र एमबिए सञ्चालन गरिरहेको कलेजले इन्कुवेसन तथा उद्यमशिलतालार्इ लक्षित गरेर विभिन्न कार्यक्रम तथा सेसनहरु सञ्चालन गर्र्दै आइरहेको छ । कलेजले हरेक वर्ष आइटी कन्क्लेभ पनि आयोजना गर्ने गरेको छ ।

सन् २०१६ बाट सुरु भएको ‘आइसिटी अवार्ड’को सातौं संस्करणको रुपमा यस वर्ष विभिन्न १२ विधामा छनौट प्रकृया सुरु भएको जनाएको छ। यस वर्ष दक्षिण एसियाली देशहरुका स्टार्टअपहरुको लागि ‘साउथ एसिया स्टार्टअप आइसिटी अवार्ड २०२२’ पनि आयोजना हुने भएको छ ।

लिभिङ विथ आइसिटीको मुख्य आयोजना र विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संस्थाहरूको सहकार्यमा आयोजनामा हुने आइसिटी अवार्डको छनौट प्रकृयामा १३ जना बिज्ञ जुरी सदस्य र १५ जना बिशिस्ट सल्लाहकारहरु रहेका छन । यस वर्ष साउथ एसिया वाहेक अन्य ११ विधामा ४०० बढिको नोमिनेसन प्राप्त भएको छ भने साउथ एसिया अवार्डको लागि सेक्टेम्बर ३० तारिखसम्म नोमिनेसन खुल्ला रहेको छ ।

आइसिटी अवार्ड २०२२ को ग्राण्ड फिनाले २०७९ पुस ८ ९२३ डिसेम्बर, २०२२० गते द सोल्टी काठमाण्डौमा आयोजना हुने जनाएको छ । यसैगरी प्रि इभेन्ट क्याम्पियनको रुपमा कार्तिक तेस्रो साता देशैभरीका १०० भन्दा बढि डिजिटल स्टार्टअपहरुको प्रदर्शनी तथा मेन्टरिङ सेसनको रुपमा ‘स्टार्टअप एण्ड आइडिया फेस्ट’ कार्यक्रम आयोजना हुने जनाएको छ ।

प्रकाशित : ११ आश्विन २०७९, मंगलवार १४:३६