चाडपर्वको अवसरमा एनआइसी एशिया बैंकबाट रेमिटेन्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

बैंक / वित्त

चाडपर्वको अवसरमा एनआइसी एशिया बैंकबाट रेमिटेन्स बुझ्नेलाई बैंकका तर्फबाट आकर्षक दक्षिणा

काठमाडौं । एनआइसी एशिया बैंकले दशैं, तिहार र छठ पर्वको अवसरमा ‘एनआइसी एशियामा रेमिटेन्स आयो, दक्षिणा पायो’ योजना सार्वजनिक गरेको छ । जसअनुसार यस बैंकमा रहेको खाता वा नयाँ खाता खोली रेमिटेन्स बुझ्ने ग्राहकलाई आकर्षक दक्षिणाको व्यवस्था गरिएको छ ।

बैंकले २०७९ असोज १ देखि कात्तिक ३० गतेसम्म लागू हुने गरी ल्याएको यस योजना विश्वका विभिन्न देशहरूबाट स्वदेशमा पठाएको रेमिटेन्सको हकमा लागू हुनेछ ।

यस योजनामा विदेशमा रहेका आफन्त वा साथीहरूले पठाएको रेमिटेन्स यस बैंकमा रहेको खातामार्फत् बुझ्दा उक्त खातामा बैंकले दक्षिणाको रुपमा थप ३०० रुपैयाँ प्रदान गर्ने व्यवस्था गरेको छ ।

प्रकाशित : ७ आश्विन २०७९, शुक्रबार १७:२८ 23 September, 2022 5:28 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।