मापदण्ड विपरीत बनेका संरचना हटाउन ललितपुर महानगरपालिकाको अपिल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

मापदण्ड विपरीत बनेका संरचना हटाउन ललितपुर महानगरपालिकाको अपिल

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । ललितपुर महानगरपालिकाले महानगर क्षेत्रभित्र मापदण्ड विपरीत बनेका संरचना हटाउन तथा आवश्यक सुधार गर्न अनुरोध गरेको छ ।

महानगरपालिकाले सूचना निकालेर महानगर क्षेत्रभित्र नक्सा स्विकृत विना, मापदण्ड विपरीत निर्माण भएका संरचनाहरु, सार्वजनिक जग्गा, सडक, फुटपाथ, चोक, पेटी अतिक्रमण गरि निर्माण भएका स्लोप, टप, रयाम्प, सिँढीलगायतका संरचना तथा नक्सा स्विकृत गर्दा पार्किङ्ग खुलाई स्विकृत लिएर अन्य प्रयोजनमा प्रयोग भएका संरचनाहरु तथा सार्वजनिक जग्गा अतिक्रमण गरि निर्माण प्रयोजनमा प्रयोग भएका संरचना ३५ दिनभित्र सुधार गरी वा हटाई कानुन अनुसार कायम गर्न अनुरोध गरेको हो । अबको ३५ दिनभित्र सूचना अनुसार नगरेमा महानगर आफैले संरचना हटाउने पनि चेतावनी दिएको छ ।

प्रकाशित : ५ आश्विन २०७९, बुधबार ०८:१३ 21 September, 2022 8:13 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।