उपाध्याय र घिमिरे एनएमबि बैंकको डेपुटी सीइओमा बढुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उपाध्याय र घिमिरे एनएमबि बैंकको डेपुटी सीइओमा बढुवा



काठमाडाैं । एनएमबि बैंकले २ जना नायब महाप्रबन्धकहरुलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको छ । बैंकको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले २ जना नायब महाप्रबन्धकहरुलाई नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा गर्ने निर्णय गरेको हो ।

नायब महाप्रबन्धकबाट नायब प्रमुख कार्यकारी अधिकृतमा बढुवा हुनेमा सुदेश उपाध्याय र गोबिन्द घिमिरे रहेका छन् ।

हाल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल केसी रहेका छन् । बैंकमा सीइओको रुपमा केसीको दोस्रो कार्यकाल हो ।

प्रकाशित : २ आश्विन २०७९, आईतवार १८:४०