एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, निक्षेप र कर्जामा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशिया बैंकको नयाँ ब्याजदर सार्वजनिक, निक्षेप र कर्जामा कति ?



काठमाडौं । एनआईसी एशिया बैंकले असोज महिनाका सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपकर्ताले १२.१३ प्रतिशत ब्याज पाउने भएका छन् ।

संस्थागत निक्षेपमा १०.१३ प्रतिशत ब्याज रहेको छ । विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइने बैंकले जनाएको छ । बचततर्फ ७.१३ देखि १०.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

साउन मसान्तसम्मको आधार दर १०.०४ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ६.५० प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १६.५४ प्रतिशत ब्याज लाग्ने छ ।

प्रकाशित : 16 September, 2022 1:27 pm