ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्तालाई दशैंमा ३३.३३ प्रतिशत क्यासब्याक



काठमाडौं । ग्लोबल आइएमई बैंकका एससीटी डेबिट कार्ड प्रयोगकर्ताहरुले यो दशैंमा ३३.३३ प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्ने भएका छन् ।

बैंकले स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा यसपालीको दशैंका लागि एससीटी डेबिट कार्ड भएका ग्राहक लक्षित ‘एससीटी’ तथा युपीआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर’ अन्तर्गत ग्राहकहरुले क्यासब्याक प्राप्त गर्नेछन् ।

यो योजना हालसम्मकै सबैभन्दा ठूलो क्यासब्याक अफर हो जहाँ कुनै पनि प्वाइन्ट अफ सेल टर्मिनलहरूमा भुक्तानी गरी कारोबार गर्ने क्ऋत् डेबिट कार्ड होल्डर ग्राहकहरूले ३३.३३ प्रतिशत अर्थात रु. १,००० (अधिकतम) सम्म क्यासब्याक पाउनुहुनेछ ।

यस योजनापश्चात एससीटी कार्ड होल्डर ग्राहकहरूलाई एससीटी कार्ड मार्फत गरिने ग्राहकहरूको विश्वास बढाउन सकिने बैंकले जनाएको छ ।

असोज १ गतेदेखि दशैंभर चल्ने यो योजनामा कम्तिमा ३ वटा पस कारोबार गर्ने कार्ड होल्डरलाई रु. ५०० तथा कम्तिमा ६ वटा पस कारोबार गर्ने कार्ड प्रयोगकर्तालाई रु. १,००० क्यासब्याक प्रदान गरिने छ । क्यासब्याक प्राप्त गर्न हरेक पटकको कारोबार भुक्तानी रकम कम्तीमा रु. ५०० को हुनुपर्नेछ जसमा दिनको एउटा कारोबारलाई मात्र गणना गरिने छ ।

प्रकाशित : ३० भाद्र २०७९, बिहीबार १८:२३