समृद्धि फाइनान्सको शाखा बनेपामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

समृद्धि फाइनान्सको शाखा बनेपामा



काठमाडाैं । समृद्धि फाइनान्सले बनेपामा शाखा संचालनमा ल्याएको छ । यो कम्पनीको सातौ शाखा हो । बनेपा नगरपालिकाका मेयर शान्ती रत्न शाक्यले आज बनेपा शाखा कार्यालयको औपचारीक उद्घाटन गरेका हुन् । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत टिका निधि लोहनीले फाइनान्सको वित्तिय कारोबार सम्बन्धि जानकारी गराएका थिए।

चाँडै नै आठौ शाखाको रुपमा जनकपुर शाखाको पनि उदघाटन गरिने फाइनान्सका प्रमुख व्यवसाय प्रबद्र्यन अधिकृत सुरज कुमार सर्राफले बताएका छन्।

समृद्धि फाइनान्सले मुद्घति निक्षेपको योजना अन्तरगत ७२ महिनामा पैसा दोब्बर हुने निक्षेप योजना सार्वजनिक गरेको छ । यसका साथ साथै फाइनान्सले १० वर्षमा पैसा तेब्बर, १५ वर्षमा पैसा पाँच गुणा र २० वर्षमा पैसा आठ गुणा हुने निक्षेप योजना पनि संचालनमा ल्याएको छ ।

प्रकाशित : २७ भाद्र २०७९, सोमबार १४:२०