एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केवाईसी सेवाको शुभारम्भ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनआईसी एशिया बैंकद्वारा ग्राहक पहिचानको लागि भिडियो केवाईसी सेवाको शुभारम्भ



काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहक पहिचान सम्बन्धी विवरण संकलन तथा अद्यावधिक गर्न सकिने भिडियो केवाईसी सेवाको शुभारम्भ गरेको छ । यस बैंकमा अनलाईन खाता खोल्ने स्वदेश वा विदेशमा रहनुभएका ग्राहक महानुभावहरुले भिडियो कलको माध्यमबाट ग्राहक पहिचान सम्बन्धी विवरण बैंकलाई सहज रुपमा प्रदान गर्न सकिने व्यवस्था गरिएको छ ।

बैंकको वेबसाइट धधध।लष्अबकष्बदबलप।अयm मार्फत अनलाईनबाट खाता खोल्दा ग्राहकहरुलाई केवाइसी विवरण सम्बन्धमा दुइ विकल्प राखिएको छ । जसमा, ग्राहकले आफ्नो केवाइसी आफूलाई पायक पर्ने शाखामा गई उपलब्ध गराउने वा सम्वन्धित बैंक कर्मचारीसँग भिडियो कल गरि उक्त कल मार्फत केवाइसी विवरण अद्यावधिक गर्ने भन्ने विकल्प दिने व्यवस्था गरिएको छ ।

यदि भिडियो केवाईसी मार्फत यसका बारेमा जानकारी सम्वन्धित बैंकलाई उपलब्ध गराउने हो भने ग्राहकहरुले आफ्नो अनुकुल समय अनुसार सम्वन्धित बैंकका कर्मचारीलाई बैंकको कार्यालय समयमा सम्पर्क गरि भिडियो कल मार्फत आफ्नो केवाइसी विवरण बैंकलाई उपलब्ध गराउन सकिने छ ।

साथै, बैंकिङ्ग समयमा भिडियो केवाईसीको भिडियो कलकाको लागि अपोइन्टमेन्ट गरि सो समयमा केवाईसी विवरण अद्यावधिक गर्नु पर्ने छ । ग्राहकहरुले भिडियो केवाईसीकोे लागि कल गर्दा आफ्नो पहिचान खुल्ने कुनै एक पहिचान पत्र (नागरिकता÷पासपोर्ट÷ड्राइभिङ लाइसेन्स भोटर कार्ड) तथा सेतो कागज र कालो÷निलो मसी भएको पेन आफूसँग राखि बैंक कर्मचारीले माग गरे बमोजिमका विवरण तथा कागजात उक्त भिडियो मार्फत देखाउनु पर्ने जनाएको छ ।

भिडियो केवाईसी मार्फत केवाईसी विवरण अद्यावधिक गरे पश्चात् ग्राहकमहानुभावहरुले आफ्नो बैंक खाता पूर्ण रुपमा सञ्चालन गर्न सकिने छ ।

प्रकाशित : २६ भाद्र २०७९, आईतवार २१:३६