पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनलाइन पत्रकार सङ्घको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न अनलाइन पत्रकार सङ्घको आग्रह



काठमाडाैं । अनलाइन पत्रकार सङ्घले इन्टरनेटका माध्यमबाट समाचार प्रकाशन तथा प्रसारण गर्दा पत्रकार आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गरेको छ ।

सङ्घका सचिव गोविन्द मरासिनीले बुधबार एक विज्ञप्ति जारी गरी पछिल्लो समय बलात्कारसम्बन्धी उजुरी र अदालतको फैसला सम्बन्धमा विभिन्न अनलाइन सञ्चारमाध्यममा प्रकाशन एवं प्रसारण भइरहेका समाचारमा पत्रकार आचारसंहिता पालना नभएको भन्दै आचारसंहिताको पूर्णपालना गर्न आग्रह गरेका हुन् ।

“इन्टरनेटको माध्यम बनाएर समाचार सामग्री प्रकाशन प्रसारण गर्दा पत्रकार आचारसंहिता, कानूनले निषेध गरेका विषयवस्तु तथा पीडितको पहिचान गोप्य राख्नुपर्ने, अदालतमा चलिरहेका मुद्दा र उसले गरेका फैसलाका विषयमा संवेदनशील हुनुपर्ने जस्ता पत्रकारिताका आधारभूत मूल्यमान्यता तथा सिद्धान्तलाई पूर्णरूपमा पालना गरी प्रकाशन, प्रसारण गर्नुपर्छ”, सङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सङ्घले सम्पूर्ण पत्रकारलाई पत्रकारको आचारसंहिताभित्र बसेर निष्पक्ष ढङ्गले कलम चलाउनसमेत आग्रह गरेको छ ।

प्रकाशित : २३ भाद्र २०७९, बिहीबार १२:००