सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा



काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेड तुलसीपुर, दाङलाई समस्याग्रस्त लघुवित्त घोषणा गरेको छ । राष्ट्र बैंकले बुधबार सुचना जारी गरीे संस्थाका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई व्यक्तिगत लाभका लागि नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरी दुरुपयोग गर्ने कार्यमा संलग्न भएकोले समस्याग्रस्त घोषणा गरेको जनाएको हो ।

बैंकले संस्थाको प्राथमिक पुँजीकोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक भएको हुँदा गत बर्ष चैत्र २ गते समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टिकरण पेश गर्न निर्देशन दिएको थियो ।

तर, संस्थाले पेस गरेको स्पष्टिकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंकको ऐन, २०५८ को दफा ८६ ख को क, ख, घ, च तथा ञ को अवस्था विद्यमान रहेको देखिएकाले उक्त संस्थालाई राष्ट्र बैंकले समस्याग्रस्त विदेश संस्थाको रुपमा घोषणा गरेको जनाएको छ ।

प्रकाशित : २२ भाद्र २०७९, बुधबार ०९:०४