काठमाडौं । विद्युत प्राधिकरणको बत्तिको रकम दाखिल्ला नगरेको प्रति कामाडौ महानगरपालिकाले नियतसंगत कर उठाउछौं भन्ने नियम र बैधानिक कागजात सहित आएका महशुल चुक्ता गर्ने जनाएको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले मंगलबार एक फेसबुक स्टाटसमार्फत उक्त बिषयप्रति स्पष्ट गराएका हुन् ।
उनले लेखेका छन्, महानगरपालिकाले तिर्ने बुझाउने हरेक रकम महानगरबासी को रगत पसिना सँग जोडिएको छ । जनताले तिर्नु भएको कर शुल्क जस्ता माध्यमबाट प्राप्त हुने रकमबाट सम्बन्धित निकायमा रकम दाखिला गर्नुपर्ने हुन्छ, भने नेपाल सरकार तथा संवैधानिक निकायहरुबाट यसको लेखापरीक्षण गरिन्छ यसर्थ जनताप्रति जिम्मेवार हुने जनप्रतिनिधिले जनताको रकमको सदुपयोग गर्नुपर्ने दायित्व रहने उल्लेख गरेका छन् ।
त्यसैगरी, काठमाडौँ महानगरपालिका,काठमाडौँ महानगर बासीको सेवाका लागि स्थापित स्थानीय सरकार भएको र यसले गर्ने सबै कामहरु जनताको हित संरक्षण गर्ने कुरा सँग सम्बन्ध राख्ने जनाएका छन् ।
जनताबाट निर्वाचित भएका जनप्रतिनिधिहरुको बाट संचालन हुने संस्था भएकोले यसले गर्ने कामसँग जनताको विश्वास र अभिमत रहन्छ । नेपाल विद्युत् प्राधिकरणले काठमाडौ महानगरपालिकाबाट प्राप्त गर्नुपर्ने रकम भनिएकोमा महानगरपालिकाको कुनै कार्यालयको रकम नभएर सडकबत्ती रकम भनिएको छ कुल सरकमा कुन मिटरमा कहिलेदेखि को रकम बक्यौता रहेको उल्लेख नगरी काठमाडौँ महानगरपालिकाको नाममा पत्राचार गर्नु र सञ्चारमाध्यममा सो विषयमा उल्लेख गर्नु जिम्मेवार काम रहेको उल्लेख गरेका छन् ।
सार्वजनिक मठमन्दिर सडकबत्ती सार्वजनिक स्थानमा बालेको वा बलेको बत्ती रकम दाखिला गर्न भन्दा महानगरले के र कुन आधारमा जनताको रकम दाखिला गर्न पठाउने भन्ने प्रश्नको स्पष्ट हुनु पर्ने जनाएका छन् ।
Comment