गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई



काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा डेकिन्द्र कुमार राई चयन भएका छन् । सोमबार बसेको संचालक समितिको बैठकले भाद्र २१ गते देखि लागु हुने गरी संस्थापक संचालक रहेका डेकिन्द्र कुमार राईलाई सर्वसम्मत निर्णयले अध्यक्षमा चयन गरेको हो ।

यस अघि अध्यक्ष रहेका गौरव बुढाथोकीले आफ्नो व्यक्तिगत कारण देखाउदै संचालक समितिमा संचालक सदस्यमा मात्र रहने गरी अध्यक्ष पदबाट राजिनामा दिएका थिए ।

सोमबार बसेको संचालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गर्दै राईलाई अध्यक्ष चयन गर्ने निर्णय गरेको छ ।

प्रकाशित : २१ भाद्र २०७९, मंगलवार १२:१२