सुनको भाउ कति पुग्यो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थतन्त्र

सुनको भाउ कति पुग्यो ?

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । बिहिबार सुनको भाउ घटेको छ । हिजो बुधबार तोलाको ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ९३ हजार १ सय रुपैयाँमा आईपुगेको छ ।

त्यस्तै आज तेजाबी सुनको भाउ पनि तोलामा ९ सय रुपैयाँले नै घटेर प्रतितोला ९२ हजार ६ रुपैयाँमा कारोबार भईरहेको छ ।

आज चाँदीको पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला १ हजार १ सय रुपैयाँमा किनबेच भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ७९ हजार ८ सय २० रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मूल्य ७९ हजार ३ सय ९० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ९ सय ४३ रुपैयाँ कायम गरेको छ ।

प्रकाशित : १६ भदौ २०७९, बिहिबार ११:४३ 1 September, 2022 11:43 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।