१६ करोड ९ लाख बढीको आइपीओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

१६ करोड ९ लाख बढीको आइपीओ आउदै



काठमाडौं । डोल्टी पावर कम्पनीले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले १६ करोड ९ लाख ४५ हजार ८ सय रुपैयाँ बराबरको आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बार्डमा निवेदन पेश गरेको छ ।

कम्पनीले १६ लाख ९ हजार ४५८ कित्ता आईपीओ निष्काशनका लागि साउन १३ गते बोर्डमा निवेदन पेश गरेको हो । बोर्डबाट अनुमति पाएपछि कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि र त्यसपश्चात सर्वसाधरणका लागि आईपीओ जारी गर्नेछ ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम एनआईसी एशिया क्यापिटलले गर्नेछ ।

प्रकाशित : 31 August, 2022 5:22 pm