एनआई सी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआई सी एशिया बैंकको ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भिडियो सार्वजनिक



काठमाडौं । एन आई सी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ ।बैंकले सार्वजनिक गरेको भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि वढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको छ ।

साथै, अधिकतम् बल, बुद्धि र विवेक सहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश समेत रहेको छ । बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै प्राप्त गरेका उपलब्धीहरुलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरेको छ ।

जसमा बैंकले आफुलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको छ ।

प्रकाशित : १५ भाद्र २०७९, बुधबार १७:१६