राष्ट्र बैंकद्वारा आईटीआरएस निर्देशिका जारी , यस्ता छन् ब्यवस्था « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

राष्ट्र बैंकद्वारा आईटीआरएस निर्देशिका जारी , यस्ता छन् ब्यवस्था



काठमाडाैं । नेपाल राष्ट्र बैंकले अन्तर्राष्ट्रिय कारोबार रिपोर्टिङ प्रणाली सम्बन्धि निर्देशिका जारी गरेको छ । राष्ट्र बैंकले सोमबार वाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र पुर्वाधार विकास बैंकको लागि निर्देशिका जारी गरेको हो ।

राष्ट्र बैंकका अनुसार यो निर्देशिका २०८० साउनदेखि पूर्णरुपमा कार्यान्वयनमा आउने छ। राष्ट्र बैंकले यस निर्देशिकाको नाम “International Transaction Reporting System (ITRS) Guidelines, 2022″ उल्लेख गरेको छ ।

२०८० साउनसम्मका लागि भने “शोधनान्तर तथ्याङ्क संकलन निर्देशिका, २०६१” समेतको आधारमा समानान्तर रुपमा शोधानान्तर तथ्याङ्क उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएको छ।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार १७:२५