काठमाडाैं । गत साता बैंकिंङ प्रणालीको निक्षेप स्थिर रहेको छ। नेपाल बैंकर्स संघ सार्वजनिक गरेको भदौ ४ गतेदेखि भदौ १० गतेसम्मको तथ्यांकले अनुसार निक्षेप स्थिर रहेर कर्जा लगानी बढेको हो ।
भदौ दोस्रो सातासम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ रहेको छ । भदौ ३ गतेसम्म पनि वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब २६ अर्ब रुपैयाँ नै रहेको थियो ।
त्यस्तै, भदौं १० गतेसम्ममा वाणिज्य बैंकहरुबाट थप २ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । भदौ १० गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ८० अर्ब रुपैयाँ पुगेको संघको तथ्याङमा उल्लेख गरीएको छ । भदौ ३ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ७८ अर्ब रुपैयाँ रहेको थियो ।
भदौ महिनाको ३ गतेसम्म ८८.४७ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औसत सीडी रेसियो सामान्यले घटेर भदौ १० गतेसम्ममा ८८.४२ प्रतिशत रहेको छ ।






Comment