शेयर बजारमा झिनो सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शेयर बजारमा झिनो सुधार



काठमाडाैं । शेयर बजारमा झिनो सुधार देखिएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३.७६ अकंले बढेर १९९३.०२ बिन्दुमा बन्द भएको हो । आइतबार नेपाल स्टक एक्सचेञ्ज –नेप्से) ३३.३६ अकंले घटेर १९८९.२६ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२२ कम्पनीको ३४ लाख ४० हजार ९ सय कित्ता शेयर किनबेच हुदाँ १ अर्ब २६ करोड ६६ लाख १९ हजार १५० रुपैयाँको कारोबार भएको हो । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०१ रुपैयाँको कारोबार भएको थियो ।

शेयर बजारमा सुधार आउँदा ९ उपसूचमकमा हरियाली छाएको छ । आज ब्यापार समूहको ०.८७ प्रतिशत, होटल तथा पर्यटन समूहको १.३४ प्रतिशत, विकास बै)क समूहको ०.७९ प्रतिशत, हाइड्रोपावर समूहको ०.३ प्रतिशत, फाइनान्स समूहको १.८९ प्रतिशत र निर्जीवन बीमा समूहको ०.०९ प्रतिशतले शेयर मूल्य बढेको हो ।

प्रकाशित : 29 August, 2022 3:58 pm