कामना सेवा र हिबाची प्लेस बीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कामना सेवा र हिबाची प्लेस बीच सम्झौता, १५ प्रतिशतसम्म छुट पाइने



काठमाडौं । कामना सेवा विकास बैंक र हिबाची प्लेसबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ । यस सम्झौता अन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले काठमाडौंको लाजिम्पाट स्थित हिबाची प्लेसले प्रदान गर्ने उत्कृष्ट सेवा सुविधाहरुमा १५ प्रतिशत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकसँग आबद्धताको प्रमाणको आधारमा योसुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : १३ भाद्र २०७९, सोमबार १२:४८