सुनको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सुनको मूल्य घट्यो



काठमाडाैं । नेपाली बजारमा सुनको मूल्यमा आज घटेको छ । हिजो सुनको मूल्य प्रतितोला ९५ हजार एक सय रुपैयाँमा कारोबार भएकोमा आज तोलामा ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९४ हजार ५ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला ११६० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला ११४५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित : 29 August, 2022 11:19 am