कति बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशनमा गए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कति बैंक तथा वित्तीय संस्था मर्जर तथा एक्विजिशनमा गए ?



काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था गाभ्ने तथा प्राप्ती गर्ने नीति लिएपछि बैंक तथा वित्तीय संस्था एक अर्कामा मर्जर तथा एक्विजिशनमा जाने क्रम पछिल्लो समय अझ बढि देखिएको छ । मर्जर तथा एक्विजिशन नीति लिएपछि हालसम्म कुल २४५ बैंक तथा वित्तीय संस्थाहरु मर्जररप्राप्ति प्रक्रियामा सहभागी भएका छन् । यसमध्ये १७८ संस्थाहरुको इजाजत खारेज हुन गई ६७ संस्था कायम भएका छन् ।

यस बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या २०७९ असार मसान्तमा १२६ रहेको छ । यस मध्ये २६ वाणिज्य बैंक रहेको छ । त्यसैगरी, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६५ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेका छन् ।

गत अर्थिक बर्षको अन्त्य सम्ममा ४ वटा बैंक तथा वित्तिय संस्था मर्जर प्रक्रिया सकेर एकिकृत कारोबार सरु गरेका छन् । मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी एकिकृत कारोबारको पर्खाइमा ६ वटा बैंक तथा वित्तीय संस्थाहरु रहेका छन् ।

मर्जरको प्रक्रिया पूरा गरी कारोबार सुरु भैसकेका ४ बैंक तथा वित्तीय संस्थाहरु मध्ये १ वटा वाणिज्य बैंक र ३ वटा लघुवित्त वित्तीय संस्थाहरु हुन् । गत आर्थिक वर्षको असार मसान्तसम्म ४ जोडी बैंक तथा वित्तीय संस्था मर्ज पछि एकिकृत कारोबार सुरु गरेका छन् ।

बाणिज्य बैंक अन्र्तगतको नविल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ती गरेको छ । यी दुईलाई मर्जर तथा प्राप्तीका लागि राष्ट्र बैंकले २०७९ असार १५ गते अन्तिम स्वीकृति दिएको थियो भने असार २७ गतेबाट नविल बैंकले बंगलादेश बैंकलाई प्राप्ती गरी नविल बैंक लिमिटेडको नामबाट कारोबार सुरु गरेको छ । नविलले १००ः४३ स्वाप रेसियोमा प्राप्ती गरेर कारोबार सुरु गरेको छ ।

मर्जरको तयारीमा कुन बैंक ?

राष्ट्र बैंकको पाइपलाईनमा मर्जरको लागि अन्तिम तयारीमा रहेको ६ वटा बैंक तथा वित्तिय संस्थाहरु रहेका छन् । असारमसान्त अघि मर्जर प्रक्रियामा रहेका बैंक तथा वित्तिय संस्थाको मर्जर प्रक्रिया सम्बन्धित संस्थाबाट सबै कागजात पूरा भएपनि राष्ट्र बैकबाट स्वीकृती हुन समय लागेको र दुई तीन दिन भित्र बोर्डमा पठाएपछि एक हप्ताभित्र केन्द्रिय बैंकको तर्फबाट पुरा गर्ने राष्ट्र बैंक स्रोतले बताएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक, गत बर्ष हिमालयन बैंकसंग मर्जरमा जाने सम्झौता भएपनि यी दुई बीचको मर्जर भाडिएपछि नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक मर्जरमा जान २०७९ जेठ २७ गते प्रारम्भिक सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नामबाट संञ्चालन गर्ने सम्झौता भएको यी दुई बैंक पनि राष्ट्र बैंकको अन्तिम स्वीकृतीको पर्खाइमा रहेका छन् । दुई बैक एक आपसमा १००ः ९०को स्वाप रेसियोमा एकिकृत कारोबार गर्ने सम्झौता भएको छ ।

त्यसैगरी, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडौं पनि अन्तिम स्वीकृतको पर्खाइमा रहेका छन् । यी दुई बैंकले ग्लोबल आइएमई बी ओकेको नामबाट एकिकृत कारोबार गर्ने सम्झौता गरी २०७९ असार २ गते प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरी पाईपलाईमा नै रहेका छन् ।

एभरेष्ट बैंकसंग मर्जर भाडिएपछि हिमालयन बैंक सिभिल बैंकसंग मर्जर प्रक्रियामा रहेको छ । यी दुई बैंकले हिमालयन बैंकको नामबाट एकिकृत कारोबार गर्ने सम्झौतामा २०७९ असार २९ गते प्रारम्भिक सम्झौता गरी अन्तिम कारोबारको पर्खाइमा रहेको छन् । दुई बाणिज्य बैंकले १००स् ८१ स्वाप रेसियोमा कारोबार गर्ने समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रभु बैंक लिमिटेड र सेन्चुरी कमर्सियल बैंक पनि मर्जर प्रक्रियामा ने रहेको छ । यी दुई बैंक २०७९ साउन १५ गते प्रारम्भिक सम्झौता गरेका हुन् । १स्१ स्वाप रेसियोमा कारोबार गर्ने सम्झौता गरेका बैंकले प्रभु बैंक लिमिटेडकै नामबाट एकिकृत कारोबार सुरु गर्ने भएका छन् ।

यसरी लामो समयदेखि बैंक तथा वित्तिय संस्था मर्जर तथा प्राप्तिको प्रारम्भिक सम्झौता गरी राष्ट्र बैंकमा आएपनि केही संस्थाहरुले अन्तिम स्वीकृतिका लागि आवश्यक प्रक्रिया पूरा गर्न ढिलाइ गरेकाले अन्तिम स्वीकृती नपाएको राष्ट्र बैंकको भनाई छ ।

सम्बन्धित संस्थाले सम्पती दायित्वको मुल्याङ्कन गर्नुपर्छ जसले गर्दा मर्जर प्रक्रियामा ढिलो हुने हो, यसमा राष्ट्र बैकको तर्फबाट ढिलो नभएको राष्ट्र बैकको भनाई छ । असारमसान्तभित्र मर्जरसम्बन्धि काम गरिसक्नुपर्ने भएकाले सम्बन्धित संस्थाले सैद्धान्तिक सहमति गर्छन, त्यसपछि संस्थाले सम्पती दायित्वको मुल्याङ्कन गर्नुपर्छ जसले गर्दा समय लाग्ने गरेको राष्ट्र बैंकको भनाई छ ।

प्रकाशित : १२ भाद्र २०७९, आईतवार १४:११