काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको अन्तिम दिन आज शुक्रबार दोहोरो अंकले घटेको छ । नेप्से १६.९३ अंकले घटेर दुई हजार २२ दशमलब ६३ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स २.७७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.२२ अंक घटेको छ । साथै, सेन्सेटिभ फ्लोट इण्डेक्स १.२३ अंक घटेको छ।
त्यस्तै, आज कारोबार रकम पनि घटेको छ । नेप्सेमा १ अर्ब २९ करोड ४८ लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
आज नेप्सेमा कारोबार भएका २१३ कम्पनीहरुमध्ये १० वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १७२ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ४ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये नेप्सेमा आज दुई कम्पनीको शेयरमुल्यमा उच्च बृद्धि भएको छ । जसमा अप्पर हेवाखोला हाईड्रोपावर कम्पनी र लाईफ इन्स्योरेन्स कर्पाेरेसन लिमिटेडको शेयर ५ प्रतिशत भन्दा बढीले बढेको छ ।
नेप्सेका अनुसार आज मञ्चकन्यामाई हाईड्रोपावर र कालिका पावर कम्पनीको शेयर सर्वाधिक घटेको छ । यस कम्पनीको शेयरमुल्य आज ४ प्रतिशत भन्दा बढीले घटेको हो ।
त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाईड्रोपावरको भएको छ । यसको आज ६ करोड ६८ लाख ६१ हजार भन्दा बढीको कारोबार भएको छ ।





Comment