एनआईविएल प्रगति फण्डको लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईविएल प्रगति फण्डको लाभांश घोषणा



काठमाडौं । एनआईविएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईविएल प्रगति फण्डले लाभांश घोषणा गरेको छ । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो ।

फण्डको इकाईधनीलाई गत आर्थिक वर्ष २०७८/७९ को लागि कर सहित ४.२० प्रतिशतका दरले हुन आउने ३ करोड १५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले बुक क्लोज सम्बन्धी निर्णय भने पछि प्रकाशित गर्ने जनाएको छ ।

प्रकाशित : १० भाद्र २०७९, शुक्रबार १०:५९