शुक्रबारको कारोबार बन्द गर्न माग राख्दै लगानीकर्ताले बुझाए नेप्सेमा ज्ञापन पत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

शुक्रबारको कारोबार बन्द गर्न माग राख्दै लगानीकर्ताले बुझाए नेप्सेमा ज्ञापन पत्र



काठमाडौं । शुक्रबारको कारोबार बन्द गराउन माग राख्दै लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीइओ) कृष्ण बहादुर कार्कीलाई ज्ञापन पत्र बुझाएका छन् । बिहीबार लगानीकर्ताहरुले मिलेर सीइओ कार्कीलाई ज्ञापन पत्र बुझाएका हुन् ।

अन्तराष्ट्रिय कानुन अनुसार हप्ताको पाँच दिन मात्रै कारोबार हुने गरेको जनाउदै लगानीकर्ताहरुले तत्काल शुक्रबारको कारोबार बन्द गर्न आग्रह गरेका हुन् । हाल नेप्सेले शुक्रबार पनि दिनको २ घण्टा कारोबार सञ्चालन गरी रहेको छ ।

प्रकाशित : 25 August, 2022 4:51 pm