सहकारीलाई विभागको निर्देशनः भड्किलो र खर्चिलो साधारणसभा नगर्नु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सहकारीलाई विभागको निर्देशनः भड्किलो र खर्चिलो साधारणसभा नगर्नु



काठमाडाैं । सहकारी विभागले भड्किलो र खर्चिलो साधारणसभा नगर्न सहकारी संस्थाहरुलाई निर्देशन दिएको छ ।

विभागका रजिष्ट्रार रुद्रप्रसाद पण्डितले बिहीबार मार्गदर्शन जारी गर्दै साधारण सभा भड्किलो र खर्चिलो नहुनेगरी मितव्ययी ढंगबाट सञ्चालन गर्न अनुरोध गरेको छ ।

त्यस्तै आर्थिक वर्ष व्यतित भएको तीन महिना भित्र लेखापरीक्षण सम्पन्न गर्न समेत भनिएको छ । त्यस्तै साधारण सभाको सूचना प्रकाशन गर्दा तीस दिन अगावै प्रस्ताव सहितको सार्वजनिक सूचना जारी गर्नुपर्ने जनाएको छ ।

प्रकाशित : ९ भाद्र २०७९, बिहीबार १४:३६