मिलिजुली कालिञ्चोक साकाेसकाे रक्तदान तथा सम्मान घोषणा कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मिलिजुली कालिञ्चोक साकाेसकाे रक्तदान तथा सम्मान घोषणा कार्यक्रम



काठमाडौ । मिलिजुली कालिञ्चोक बचत तथा ऋण सहकारी संस्था लि. चरिकोट, दोलखाको ३० औं स्थापना तथा कारोबार शुभारम्भ दिवसको अबसरमा आयोजित रक्तदान तथा सम्मान घोषणा कार्यक्रम एक समारोहको बिच सम्पन्न भएको छ । उक्त कार्यक्रमको उद्घाटन संस्थाको अध्यक्ष नारायण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको थियो भने प्रमुख अतिथि नेफ्स्कुनको सञ्चालक सदस्य एबं बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का महासचिव जिवशराज खड्काले बिधिवत रुपमा उद्घाटन गर्नु भएको थियो ।

कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्य संस्थाको सञ्चालक सदस्य  सुरेश चन्द्र खड्काले गर्नु भएको थियो भने कार्यक्रम सफलताको शुभकामना बिगु गा.पा. को प्रमुख कार्यकारिणी  शैलेन्द्र भण्डारी , नेपाल पत्रकार महासंघ दोलखा शाखाका सचिब  दिल बहादुर केसी र नेपाल रेडक्रस सोसाईटी दोलखा शाखाका सभापति  गोकर्ण प्रसाद पोखरेलले आफ्नो धारणा सहित बिचार राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कुनका सञ्चालक सदस्य  जिबशराज खड्काले संस्था सदस्यहरुको बिश्वासिलो र आर्थिक हिसाबमा मजुबुत भएको र यस्ता सामाजिक कार्यले गर्दा झन भरपर्दो भएको धारण राख्नु भएको थियो ।

मिलिजुली कालिञ्चोक साकोसको आयोजना र नेपाल स्वयंसेवी रक्तदाता समाज दोलखा जिल्ला शाखा तथा नेपाल रेडक्रस सोसाईटी दोलखा जिल्ला शाखाको सहकार्यमा भएको उक्त खुल्ला रक्तदान कार्यक्रममा ४३ जना ब्यक्तिहरुले रगत दान गर्नु भएको थियो । संस्थाले स्थापना दिबशको दिन आर्थिक बर्ष २०७८.२०७९ मा बिभिन्न बिधामा सम्मान तथा पुरस्कार को लागि सम्मानित हुने शेयर सदस्यहरु सहित २८ बिधाको  सम्मान घोषणा गरेको थियो जुन संस्थाको २९ औं साधारण सभाको अबसरमा बितरण गर्ने कार्यक्रम रहेको छ ।

यसै अबसर पारेर आज सिंगटी आसपासमा रहेको घाट र मन्दिरहरुमा डस्टबिन पनि बितरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि लगायत अन्य अतिथि ज्युहरुले रगत दान गर्ने ब्यक्तिहरुलाई प्रमाण पत्र बितरण गर्नु भएको थियो ।

प्रकाशित : ७ भाद्र २०७९, मंगलवार २१:०४