काउन्टर ग्यारेन्टीमा फसेको पैसा हिमालयन र बैंक अफ काठमाण्डूले फिर्ता पाए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

काउन्टर ग्यारेन्टीमा फसेको पैसा हिमालयन र बैंक अफ काठमाण्डूले फिर्ता पाए



काठमाडाैं । लामो रस्सा कसी पछि हिमालयन बैंक र बैंक अफ काठमाण्डू (बीओके) ले चीनमा मुद्दा जितेपछि मंगलबार सम्पूर्ण पैसा फिर्ता पाएका छन्। मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी वापतको करिब एक अर्ब ३ करोड ४३ लाख रुपैयाँ रकम बैंक अफ काठमाण्डूले पाएको छ । यस्तै हिमालयन बैंकले ६६ लाख ५० हजार डलर फिर्ता पाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको ठेक्का पाएको चाइना रेल्वेका तर्फबाट ग्यारेन्टी बसेको चीनको बैंक चाइना कन्स्ट्रक्सन बैंकले बैंक अफ काठमाण्डू र हिमालयन बैंकलाई काउन्टर ग्यारेन्टी दिएको थियो । तर नेपाली कम्पनीले चिनियाँ ठेकदारलाई भुक्तानी दिएपनि चाइना कन्स्ट्रक्सन बैंकले बैंक ग्यारेन्टी वापत नेपाली बैंकलाई भुक्तानी दिन मानेको थिएन ।

मेलम्ची खानेपानी आयोजनाको बैंक ग्यारेन्टी विवाद सम्बन्धि मुद्दाको फैसला गएका साउन १७ गते नेपाली बैंकको पक्षमा भएको थियो । बैंक जमानतको रकम फिर्ता नहुँदा दुई बैंकको ठूलो रकम फसेको थियो। दुबै बैंकले गत साउन १५ गते मुद्दा जितेका थिए। करिव २० दिनपछि उनीहरुले पैसा फिर्ता पाएका हुन्।

प्रकाशित : ७ भाद्र २०७९, मंगलवार १७:१२