नेप्से परिसूचकमा झिनो अंकको बृद्धि , कारोबार रकम भने घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से परिसूचकमा झिनो अंकको बृद्धि , कारोबार रकम भने घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा साताको कारोबारको तेस्रो दिन आज मंगलबार सामान्य अंकले बढेको छ । नेप्से १.८५ अंकले बढेर दुई हजार ५४ दशमलब ९७ विन्दुमा पुगेर रोकिएको हो ।

आज सेन्सेटिभ इण्डेक्स ०.५८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक बढेको छ । आज सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.०१ अंक घटेको छ।

त्यस्तै, आज नेप्सेमा कारोबार रकम भने घटेको छ। आज १ अर्ब ३३ करोड ३५ लाख ६० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका २२२ वटा कम्पनीहरुमध्ये ७१ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १०४ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ११ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ । यसमध्ये तीन कम्पनीको शेयरमूल्य आज सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

जसमा रुरु जलविद्युत परियोजनाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ९०९.७० रुपैंया पुगेको छ । त्यसैगरी मन्दाकिनी हाईड्रोपावरको शेयर ९.९९ प्रतिशत बढेर प्रतिकित्ता ३८२ रुपैंया पुगेको छ भने अप्पर हेवाखोला हाइड्रोपावरको शेयर ९.९७ प्रतिशत बढेर प्रतिकित्ता ३०१.२० रुपैंया पुगेको छ ।

नेप्सेका अनुसार आज सिद्धार्थ इक्विटी फण्डका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । यस कम्पनीको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ । त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल देलखा हाइड्रोपावरको भएको छ । यसको आज १४ करोड २१ लाख ८९ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 23 August, 2022 3:50 pm