नबिल बैंकले ल्यायो १० गुणाले रकम बढ्ने मुद्दती योजना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नबिल बैंकले ल्यायो १० गुणाले रकम बढ्ने मुद्दती योजना



काठमाडौं । नबिल बैंकले आफ्ना ग्राहकवर्गको आवश्यकतालाई ध्यानमा राखी आर्कषक ब्याजदर सहित ‘नबिल ढुक्क मुद्धती खाता’ बजारमा ल्याएको छ । यस खाता अन्तर्गत ग्राहक वर्गले मुद्दतीमा जम्मा गरेको रकम तोकिएको समय पश्चात् दोब्बर देखि दश गुणासम्म रकम प्राप्त गर्न सक्नेछन् ।

बैंककाे अनुसार यो मुद्दती योजना नेपालमा आर्जित तथा विप्रेषण मार्फत् नेपाल प्राप्त रकममा खोल्न सकिनेछ । नेपालमा आर्जित रकममा खोलिने ढुक्क मुद्दती खातामा ६ वर्ष ३ महिना २३ दिनमा २ गुणा, १४ वर्ष ७ महिना २८ दिनमा ५ गुणा तथा २० वर्ष ११ महिना २० दिनमा १० गुणा रकम प्राप्त गर्न सकिने बैंकले जानकारी दिएकाे छ ।

त्यसैगरि, विप्रेषण अन्र्तगत खोलिने ढुक्क मुद्दती खातामा ५ वर्ष ९ महिना १५ दिनमा २ गुणा, १३ वर्ष ५ महिना ११ दिनमा ५ गुणा तथा १९ वर्ष २ महिना २५ दिनमा १० गुणा रकम प्राप्त गर्न सकिनेछ । यस खाता अन्तर्गत ग्राहकले रु ३००,००० सम्मको क्रेडिट कार्ड सुबिधा पनि पाउन सकिने बैंकले जनाएकाे छ ।

प्रकाशित : ७ भाद्र २०७९, मंगलवार १४:२४