लघु बीमा कम्पनीलाई लाइसेन्स दिने बाटो खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

लघु बीमा कम्पनीलाई लाइसेन्स दिने बाटो खुल्यो



काठमाडौं । लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुलेको छ । बीमा समितिले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ जारी गरेसँगै लघु बीमा कम्पनीहरुलाई लाइसेन्स दिने बाटो खुलेको हो । बीमा समितिले तोकेको चुक्ता पुँजीमा जीवन र निर्जीवन लघु बीमा कम्पनीलाई लाइसेन्स दिन बाटो खुलेको छ ।

अब समितिले आवेदन आह्वान गरि लघु बीमा व्यवसाय गर्नको लागि कम्पनीलाई लाईसेन्स दिन सक्ने छ । लघु बीमा व्यवसाय गर्ने लघु बीमकको दर्ता सम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन वाञ्छनीय भएकोले समितिले निर्देशिका जारी गरेको जनाएको छ।

निर्देशिका अनुसार लघुबीमा कम्पनी पबलिक कम्पनीको रुपमा दर्ता हुनु पर्नेछ। चुक्ता पुंजी समितिले तोके बमोजिम हुने उल्लेख छ। संथापकले कम्तिमा ५१ प्रतिशत शेयर धारण गर्नु पर्ने उल्लेख छ । २० प्रतिशत शेयर आईपिओ मार्फत सर्वसाधारणलाई निष्काशन गर्नु पर्ने छ। ५ प्रतिशत शेयर कर्मचारीलाई दिन सकिने छ ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार २१:२०