नेप्से ७.३८ अंकले घट्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्से ७.३८ अंकले घट्यो, दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको दोस्रो दिन आज सोमबार सामान्य अंकको गिरावट भएको छ । आज नेप्से ७.३८ अंकले बढेर दुई हजार ५३ दशमलब १६ विन्दुमा पुगेर रोकिएको हो ।

त्यस्तै, आज नेप्सेमा एक अर्ब ७२ करोड ६२ लाख ८७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।आज कारोबार भएका कम्पनीमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १२४ वटा कम्पनीको शेयरमूल्य घटेको छ । साथै, १६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ ।

जसमा अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता २७३.९० रुपैंयामा कारोबार भएको छ भने मन्दाकीनी हाइड्रोपावर कम्पनीको शेयर ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३४७.३० रुपैंयामा कारोबार भएको छ ।

नेप्सेका अनुसार आज एनआइबीएल समृद्धि फण्डको शेयरमूल्यमा सबैभन्दा बढी गिरावट भएको छ । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको भएको छ । यसको आज २८ करोड १८ लाख ७१ हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 22 August, 2022 4:13 pm