पशुपति संग्रहालय तथा महास्नान घरको समुद्घाटन सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

पशुपति संग्रहालय तथा महास्नान घरको समुद्घाटन सम्पन्न



काठमाडौं । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवम् पशुपति क्षेत्र विकास कोषका अध्यक्ष जिवन राम श्रेष्ठबाट पशुपति संग्रहालय तथा महास्नान घरको समुद्घाटन शु-सम्पन्न भएको छ । उक्त समारोहमा नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे तथा कोषका उच्च पदस्थ अधिकारी कर्मचारी तथा संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।

धार्मिक महत्वका स’नका जलप लगाईएका मुर्ति, तामा/ पित्तल/ढलौटका मूर्तिहरु, ढुंगाका मूर्तिहरु (प्रस्तरकला), संस्कृति झल्काउने भेषभुषा, गरगहना, मुकुण्डो एवम् प’रातात्विक महत्वका छैठौं शताब्दीका प्रस्तरकला, काष्कठला, चित्रकला, मुर्तिकला, लिच्छबिकालिन मानदेवको शिलालेख, ऐतिहासिक पुस्तकहरु, प्राचिन मुद्राहरु, छाप तथा अन्य मार्फत मुर्त अमुर्त सम्पदाका सामग्रीहरु संग्रहालयको मुख्य आकर्षण रहेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले २०७२ सालको भुकम्पले क्षतिग्रस्त धार्मिक, सांस्कृतिक तथा पुरातात्विक दृष्टिकोणले महत्वपुर्ण पशुपति महास्नानघर भवनलाई पुनर्निर्माण गरी यस पवित्र “पाशुपत क्षेत्र” मा छरिएर रहेका धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका सामग्रीहरुलाई एकै स्थानमा संकलन, अभिलेखिकरण र प्रस्तुतीकरण गरी संग्रहालयको रुपमा विकास गर्न अग्रणी भुमिका निर्वाह गर्दै आएको र पुननिर्माण पश्चात नेपाल इन्भेष्टमेण्ट बैंकले पशुपति क्षेत्र विकास कोषलाई पुननिर्मीत पशुपति संग्रहालय महास्नान घर हस्तान्तरण गरेको छ ।

साथै, बैंकले पशुपति संग्रहालय महास्थानघर परियोजनामा ५ करोड १४ लाख तथा पाशुपत क्षेत्रको संरक्षणार्थ करिब ४ करोड गरी कुल ९ करोड भन्दा बढी सहयोग गरेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडले आफ्नो स्थापना कालदेखि नै कला, संस्कृति, एवम् खेलक’दको संरक्षण तथा प्रवद्र्धनका लागि सधै सहकार्य गर्दैआएको छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका विभिन्न मठ-मन्दिर, पाटी-पौवा तथा घाट आदिको पुनर्निर्माण एवम् जात्रा, पर्व आदिको प्रवद्र्धनमा बैंकको सीएसआर अन्तर्गत आर्थिक सहयोग मात्र नभई बस्त’गत रुपमै सम्पदाको संरक्षण तथा प्रर्वद्धन गर्दैआएको छ ।

प्रकाशित : ६ भाद्र २०७९, सोमबार १६:०२