काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश कुमार हमालले भदौ महिनाभित्र १० वटा प्राइभेट इक्विटी र भेन्चर क्यापिटल (पीईभीसी)लाई लाइसेन्स प्रदान गर्ने बताएका छन्।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आजबाट आयोजना गरेको दुईदिने ‘पोसिबिलिटी अफ फाइनान्सियल डेरिभेटिभ इन नेपाली क्यापिटल मार्केट वर्कसप’लाई सम्बोधन गर्दै अध्यक्ष हमालले पीईभीसी सञ्चालन गर्ने विषयमा पनि सेबोन निकै गम्भीर रहेको बताए।
‘हिजोमात्रै सेबोनको बोर्ड बैठकले दोस्रो प्राइमेट इक्विटीलाई अनुमतिपत्र दिने निर्णय गरेको छ’, उनले भने, ‘यही भदौभित्र १० वटा पीईभीसीलाई लाइसेन्स दिन्छौँ।’
हमालले बजार विकास गर्न एसएमइज प्लेटफर्म धेरै आवश्यक रहेको भन्दै त्यसका लागि कसरी गर्ने, के गर्ने भन्ने बारे तत्काल कार्यविधि बनाउन समेत जोड दिएको बताएका छन् ।





Comment