नेप्सेसंगै कारोबार रकममा पनि गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेप्सेसंगै कारोबार रकममा पनि गिरावट



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आज आइतबार ओरालो लागेको छ । नेप्से ७.७२ अंकले घटेर दुई हजार ६० दशमलब ५३ विन्दुमा पुगेर रोकिएको हो । आज सेन्सेटिभ इण्डेक्स १.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.२३ अंक घटेको छ । साथै, आज सेन्सेटिभ फ्लोट इण्डेक्स भने ०.१२ अंक बढेको छ।

त्यस्तै, आज कारोबार रकममा पनि गिरावट आएको छ । नेप्सेमा २ अर्ब ४ करोड ७० लाख ९३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज नेप्सेमा कारोबार भएका २१८ कम्पनीहरुमध्ये ४७ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने १३२ कम्पनीको शेयरमूल्य घटेको छ । साथै, ८ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

यसमध्ये नेप्सेमा आज दुई कम्पनीको शेयरमुल्य सकारात्मक सर्किट लेबलमा कारोबार भएको छ । जसमा मन्दकिनी हाइड्रोपावरको शेयर १० प्रतिशतले बढेर प्रतिकित्ता ३१५.८० रुपैंयामा कारोबार भएको छ भने, अप्पर हेवाखोला हाईड्रोपावर कम्पनीको शेयर ९.९८ प्रतिशतले बढेर प्रतिकित्ता २४९ रुपैंया पुगेको छ।

नेप्सेका अनुसार आज रिभर फल्स पावर लिमिटेड र हिमालयन हाइड्रोपावरको शेयर सर्वाधिक घटेको छ । यस कम्पनीको शेयरमुल्य आज ५ प्रतिशत भन्दा बढीले घटेको हो ।

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी रिडी पावर कम्पनीको भएको छ । यसको आज १२ करोड २८ लाख ५० हजार भन्दा बढीको कारोबार भएको छ ।

प्रकाशित : 21 August, 2022 3:24 pm