सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । सिक्लेस हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले साउन ६ गतेबाट आयोजना प्रभावित स्थानीय बासिन्दाहरुलाई जारी पुँजीको १० प्रतिशत अर्थात ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरुका लागि सेयर खुला गरेको हो । स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यसमा बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट रहेको छ । स्थानीय बासिन्दाले माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमान्डू, मुक्तिनाथ विकास बैंक र एनआइसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । साथै, लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित : ५ भाद्र २०७९, आईतवार १०:३९